२४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या ब्राजिलमा अहिलेसम्मकै धेरै
जेठ २१, २०७७
२१ जेठ, ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट अहिले सम्मकै धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ हजार १९९ पुगेको छ ।
पीएएचओले ब्राजिलका आदिवासीमा देखिएको जोखिमबारे पनि चिन्ता व्यक्त गरेको छ । उनीहरुलाई थप निगरानी आवश्यक रहेको पीएएचओको भनाइ छ । अमेजन क्षेत्रमा अवैध उत्खननले पनि आदिवासीमा कोरोना भाइरसको जोखिम बढाएको पीएएच ओले बताएको छ ।
स्रोत : बीबीसी