‘कलम’

असार ०२, २०७७     थम्मन "निर्दोषी" बस्नेत


मानसपटलमा निरन्तर छाइरहने उतारचढावको गतिलो चौतारी ठानेको छु, कलम। कलम, साच्चि नै अलौकिक शक्तिले सम्पन्न बस्तु हो। यसले आफ्नो अमिट छापहरु कोरा कागजमा छोडेर आफ्नो अजर अमर पहिचान बनाउन सफल अस्त्रको रूपमा स्थापित भएको छ। नबुझ्नेहरु यसलाई जाबो कलम भन्ने गर्दछ्न तर आज कलम नहुदो हो त पुरै विश्व आफैमा अपरिचित हुने थियोे ।
बिज्ञानले अध्ययन गर्ने सुक्ष्म तर विशाल वस्तुहरुको सफल एवं सहज अध्ययन कलमले नै सम्भव तुल्याएको छ। यसको प्रयोगले मानिसहरुले आफ्ना इच्छा आकान्क्षाहरु साहित्यको क्यानभासमा उतार्न सफल भएका छन। विलियम शेक्सपियरले आफ्नी धर्मपत्नीलाई अमर तुल्याउन कलमको सहयोग लिए भने मुना मदन जन्माउन महकवी लक्ष्मीप्रसाद देवकोटाले पनि कलमको प्रयोग गर्न पछि हटेनन। कलमको टुप्पोबाट खस्ने मसी भलै नगन्ने मात्रामा हुन्छ तर यसले छोडेको मसिको प्रभावले विश्वलाई परिवर्तन गर्दछ। विश्वमा जति पनि पुराना युगहरुको समाप्ति भयो अनि नया युगहरुको थालनी भएका सम्पूर्ण नालिवेली सबै कलमको अदभूत क्षमताले नै सजाइएको छन। यस्ता सम्पुर्ण इतिहासहरु सतिसाल भएर हाम्रो सामु ठिङ्ग उभिएका छन।

कलम भाच्ने दुस्साहस बोकेकाहरुलाई इतिहासहरु बलिया चुनौती बनेका छन। उनिहरुलाई कुमार्गबाट सुमार्गमा डोर्‍याउने असल कार्य कलमले अनादिकालदेखी नै गर्दै आइरहेको छ। हिजो झमकलाई हेर्ने आँखाहरु अहिले बदलिएका छन किनकि झमकले कलमको उचित प्रयोग गरेकिछिन। कलमले बदलेका अनुहारहरु अनि जिवनशैलिहरु अनगिन्ती छन। तसर्थ कलम परिवर्तनको सम्वाहक हो भन्दा गौरव महशुस हुनु सच्चा बुझाई हो।

मनभित्र तरंगित कपोकल्पित भावनात्मक छालहरुलाई अत्यन्तै सुन्दरता र कौशलता पुर्वक सजाइएका विविध कृतिहरुको कुशल समिक्षा वा समालोचना गर्न रत्तिभर नहिचकिचाउने कलम विश्लेषक, समिक्षक, बैज्ञानिक खोज अनुसन्धानकर्ता एवं साहित्यकासको वैचारिक समुद्रमा डुबुल्की मार्ने सम्पूर्णहरुको प्राण पखेरु वनेको छ कलम। फ्लोरेन्स नाइटिङ्गेलको जिवनिमा होउस या हिटलरको क्रुरता, वेदब्यासको दर्शनमा होस् या मोतीराम भट्टको श्रृङगार रसमा जहाँ पनि कुदेको कुदयै छ, कलम। धन्य छ कलम। महान छ कलम। अनि सधै अटल , अथक र लगनशील छ कलम आफ्नो कर्तव्य प्रती। हरपल वफादार छ कलम आफ्नो उत्तरदायित्व प्रती।