भारतमा १३ हजार वढीको मृत्यु, ४ लाख वढी संक्रमित
असार ०७, २०७७
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७ पुगेको हो । एकै दिन १५ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको ४ लाख ११ हजार ७२७ पुगेको हो ।
संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।







