नेयमारसहित यी ३ खेलाडीमा देखियो कोरोना संक्रमण

भदौ १८, २०७७


काठमाडौं – विश्व चर्चित खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनीसँगै अन्य २ खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । 

क्लबले गरेको कोरोना परिक्षणमा नेयमारसँगै मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ । 

उनीहरु च्याम्पियन्स लिग सकिएलगत्तै बिदा मनाउन स्पेनिस आइसल्याण्ड गएका थिए । च्याम्पियन्स लिग फाइनलमा नेयमारको टिम बायर्न म्युनिकसँग पराजित भएको थियो ।

खेल सकिए लगत्तै उनीहरु घुम्न निस्किएका थिए । उनीहरुमा कोरोना संक्रमण देखिएपछि सेप्टेम्बर १० मा हुने नयाँ सिजनको पहिलो खेल समस्यामा पर्ने देखिएको छ ।