अङ्ग्रेजी शिक्षक

भदौ १९, २०७७     थम्मन निर्दोषी बस्नेत


मानव शरीरले संसार स्पर्श गरिसके पछि उसले विभिन्न काल खण्डहरु पार गर्द्छ। अबोध शिशुको स्वरुप लिएर धर्तिमा आँखा खोल्दा उ सङ्ग केवल अविचलित हृदय र निश्चल मन मस्तिष्क बाहेक केही साथमा हुदैन। ईश्वरिय रुपमा धर्ती टेकेको त्यही शिशुरुपी मानवले चेतना बढ्दै जादा अनेकन इच्छा आकाङ्क्षाहरुले आफुलाई सजाउन सुरु गर्द्छ। यसै क्रममा उ सान्सारिक माया मोह र आवश्यकताहरुको महत्वाकांक्षी  सिढी चड्न थाल्द्छ। अनि उसले जिवनको एउटा निश्चित चरणमा पुगेर जीवन चलाउन अनि समाजमा आफ्नो पहिचान र प्रतिस्ठा बनाउन कुनै न कुनै पेशा रोज्छ,, खोज्छ अनि आफुलाई पुर्णतया समर्पण गर्द्छ। यसो गर्नु उसको गतिशीलता हो। यो उसको जिवनको मूल्य हो। अनि यो नै उसको जिवनको अर्थ हो। अर्थात यो नै उसको लागि सार्थकता हो। किनकी हरेक मानिसले आफ्नो जिवन केही न केही गरेरै बिताउछ यद्यपि हरेक मानिसलाई हरेक मानिसको दिनचर्याले खासै फरक नपारेको हुन सक्द्छ। यसरी  फरक पार्नु र नपार्नु पनि त उ भित्रै उब्जिएको मानवीय गुण हो।

सायद मानवीय यहि गुणले होला मानिस अरुको यथार्थ देखेर होइन आफ्नो यथार्थ देखेर बढी दुखी र चिन्तित हुने गर्द्छ। किनकी उसले अरुको यथार्थ बुझ्ने र देख्ने प्रयासै नगरी आफ्नो बास्तबिकतालाई जर्जर र कहाली लाग्दो ठम्याउछ।बिज्ञान र प्रविधिले जुटाएका नया अथवा पहिल्यै अस्तित्वमा रहेका जुनसुकै पेशाका पनि आ-आफ्ना प्रकृति हुन्छ्न। आफ्नो रुचिको पेशा पाउनेहरु उनीहरुको पेशामा कति सन्तुष्ट हुन्छन कति हुदैनन् थाहा भएन। आफ्नै प्रकृतिका पेशा भए पनि मानिसले आफ्नो दिनचर्याको एक अभिन्न अङ्गको रुपमा पेशालाई अङ्गाली रहेका हुन्छ्न। निश्चित समय काम गरेर दैनिक वा मासिक रुपमा निश्चित पारिश्रमिक प्राप्त गर्नुलाई पेशा भनेर बुझ्दा उचित नै मानिएला।

विश्व भूगोलको प्रत्येक कुनामा अङ्गालिएका हरेक पेशाहरुले अल्पसंख्यक मानिसलाई मात्र सन्तुष्टि मिलेको पाइन्छ। यथार्थमा बहुसंख्यक मानिसहरू आफ्नो कामले असन्तुष्ट भएर द्विविधामा भौतारी रहेको धेरै कथाहरु यत्रतत्र सुन्न, पढ्न अनि बुझ्न पाइन्छ। आफ्नो पेशाबाट सन्तुष्टि लिन नसके पनि अधिक मानिसहरूले एक्कसी जिवनको बाटोलाई यु टर्न गर्न सक्दैन। उनीहरुको लागि कार्यरत पेशाका चुनौती बढी र अवसर थोरै देखिए पनि त्यहि पेशा सम्बन्धी धेरै थोरै बटुलेको ज्ञानले उनिहरुलाई पेशा प्रतिको आकार्षण गरेको हुनु पर्द्छ। सामान्यतया पेशाका प्रकृति हेर्दा कुनै पनि पेशा सहज र चुनौती रहित हुदैनन्।

अहिलेको विश्व जगतमा हिजो निपुणताका साथ गरिएका पेशाहरुमा पनि नया चुनौतीहरु थपिदै आएका छ्न। प्रविधिले फड्को मारे सङ्गै बैक, शिक्षालय, विभिन्न कार्यालय, कृषि, व्यवसाय अनि कल कारखाना आदिमा पुरानो शैलीमा कार्य गर्ने हिजोका दिग्गज मानिएका हात र माथहरु आज एकादेशका कथाका पात्र बन्दै गरेको हाम्रै आखाले पढेका र कानले सुनेका छौ। अबको यो एक्काइसौं शताब्दीको कार्यभुमिमा होमिएका आम ब्यक्तिहरु परिस्कृत एवं नवीन सीपमा दखल नराख्ने हो भने स्लिप खाएको नटलाई बोल्टमा वेल्डिङ्ग गरेर राखेता पनि आखिरीमा काटेर फाल्नुको विकल्प नभए जस्तै हाम्रो नियती हुने स्पष्ट देखिन्छ।इन्द्रियहरुले प्रभाव जमाएको मानव जीवन पुर्ण सन्तुष्ट हुन अलि कठिन पर्दोरहेछ। स्वभावैले हामी आफ्नो भन्दा अरुको जीवन सुखी, सन्तुष्ट, आरामदायी अनि मनोरञ्जनात्मक देख्ने र सोही जिवनको कल्पना गरेर आफ्नो स्वर्गीय आनन्दको स्वामित्वमा पनि दुखी हुने प्रवृत्तिले हामीलाई खुसी हुन रोक्दोरहेछ।

हरेक पेशाका आ- आफ्नै समस्याहरु हुन्छन तथापि शिक्षण पेशा अलि संबेदनसिल अनि चुनौतीपूर्ण भएको महसुस हुन्छ। प्राय डाक्टर, इन्जिनियर, पाइलट र सरकारी उच्च ओहोदाका जागिरे खोज्ने र उनिहरुको जिवनशैलीको यथार्थ नबुझिकन आम नागरिकले आफ्ना नानिहरुलाई तिनै पेशाका भुतले लखेट्नेहरुले विश्वमा अनगिन्ती सम्मानित पेशाहरु छन भनेर कल्पना समेत गर्न चाहदैनन् । उपेक्षामा परेका थुप्रै पेशाहरु मध्यको एउटा गम्भीर पेशा शिक्षण नै हो। जानेर हो वा नजानेर एउटै पेशाकर्मीले एक अर्कालाई विविध माध्यमबाट उनिहरुलाई सच्च्याउनुको साटो होच्च्याएको, अपमान गरेको देख्दा र सुन्दा सरोकारवालाहरुले खेल्ने प्रशस्त चरहरु पाएको आभास हुन्छ। अरुको कमजोरी पाएमा रचनात्मक सल्लाह सुझाव दिएर ती कमजोरीहरुलाई निवारण गर्न छोडेर गल्ति देख्ने र गर्नेहरु पनि आफ्ना गल्तिलाई अस्वीकार गर्दै हुक्का गर्ने प्रवृत्ति मौलाउदै जानुले हाम्रो समाजमा शिक्षण पेशाको महत्त्व बुझ्ने प्रयास नगरिएको जस्तो लाग्द्छ।

कुनै पनि राष्ट्रका निमित्त त्यहाका कन कन देखि जन जन सम्म अति बिशिस्ट र महत्त्वपूर्ण मानिन्छ्न तथापि देशको मुहार फेर्ने सवालमा शिक्षाको पहिलो हात हुन्छ भने शिक्षाको रथ हाक्ने शिक्षकहरु नै असलमा परिवर्तनका संवाहक हुन्छ्न।

अत: शिक्षक मात्र यस्तो ब्यक्ति हो जो आफैमा एउटा जलिरहेको दियो हो र उसले निभेका सयकडौ दियोहरुलाई बाल्ने सामर्थ्य राख्द्छ। जसले गाउँ, समाज अनि देश बदल्ने आधारहरु तय गर्न अरनिको, गौतम बुद्ध, सन्दुक रुइत, महावीर पुन,  कुलमान घिसिङ, उपेन्द्र देवकोटा, गोबिन्द के सी, बिपी कोइराला, मदन भन्डारी, लक्ष्मीप्रसाद देवकोटा अनुराधा कोइराला, पासाङ्गल्हामु शेर्पा अनि सन्दिप लामिछाने लगायतका धरोहरहरु तयार गर्ने सपनाहरुको भिडमा आफ्ना जम्मै सपनाहरूको तिलाञ्जाली दिन सक्द्छ।

 विविध पृष्ठभुमिबाट उठेर समयको उतारचढाव झेल्दै संघर्षको छालबाट शिक्षण पेशालाई जिविकोपार्जनको माध्यम बनाएका तमाम शिक्षकहरुको समर्पण राज्यको बागडोर समालेका र सरोकारवालाहरुका लागि सुर्यको रापले पोलेर बिथोलेको सपना जस्तो भैदिएको छ। सत्य फरक पनि हुन सक्द्छ तर बल्दै नबलेका र बल्दा बल्दै निभ्न लागेका तमाम दियोहरुमा चेतनाको झिल्को रुपि दियो बाल्न तेल बन्नु आफैमा कम चुनौतीपूर्ण कार्य भने कदापि होइन। हरेक मानव मस्तिष्कमा देवत्व र राक्षसी गुण हुन्छ। त्यो राक्षसी गुणलाई दबाएर देवत्व गुणलाई बाहिर निकाल्ने दुनियाँको शक्तिशाली पद्धतिहरु मध्य शिक्षण पद्धति  आफैमा अलौकिक शक्ति भन्दा कत्ती पनि कम  छैन। हो, शिक्षण कार्यको दौरानमा कैयन मस्तिष्कहरुलाई चाहे अनुरुप रुपान्तरण गर्न सकिएन होला तथापि जति दियोहरु बाल्न सकियो तिनीहरुको उज्यालोले आशाको दियोलाई अखण्ड दियोमा रुपान्तरण गरेकोमा संसारकै उच्च सम्मानबाट सम्मानित भएको अनुभुत हुन्छ। शिक्षणमा पनि भाषा, बिज्ञान, गणित, भुगोल, अर्थशास्त्र, समाज, नीति, दर्शन, राजनीति अनि धर्म परम्परा शिक्षण गर्नुमा आ-आफ्नै किसिमका  विशेष अवसर र चुनौतीहरु भेटिन्छन् ।

विद्वानहरु दिनप्रतिदिन शिक्षण पद्धतिका नविनतम माध्यम र व्यावहारिक सिद्धान्तहरु प्रतिपादन गर्न र शैक्षणिक क्रियाकलापमा अवलम्बन गर्न तल्लीन देखिन्छ्न। विद्वानहरु वा दार्शनिकहरुले प्रयोग गरेकै प्रकृतिका मस्तिष्कहरु र वातावरण मेल खाएमा उनिहरुको सिद्धान्तले सर्वव्यापी र सहज रुपमा परिणाम ल्याउनेमा दुइमत हुदैन। महान बैज्ञानिक  ग्यालिली ग्यालिलियोले एउटा  प्वाख र फलामको डल्लो जमिनमा सङ्गै खस्छ भन्ने तथ्य पत्ता लगाएको भरमा उनले प्रयोग गरेको अवस्था बिर्सने हो भने उनको परिभाषा हाम्रा लागि गलत सावित हुन्छ। ठिक यस्तै ढङ्गले शिक्षण विधिहरुको पनि प्रयोगशालामा अवलम्बन गरिएका सामाग्रीहरु, अवस्था अनि वातावरण बनाउन सकियो भने तोकेको उपलब्धि हासिल गर्न कुनै शंका रहने छैन। अन्यथा सत प्रतिशत सिकाइ उपलब्धि भयो भनेर कागजमा प्रतिबेदन तयार गरेर कुनै निहित र निश्चित उद्देश्य पूरा गर्नु सिवाय अरु केही नभएको बुझ्न सकिन्छ। तर यस्ता कागजी उपलब्धि भन्दा पनि यथार्थमा हाम्रो सिकाई उपलब्धिहरुलाई सिपको कसिमा मापन गर्ने अहिलेको एक्काइसौं शताब्दीको विश्व नागरिक बनाउन सक्ने शिक्षण सिकाईका उपलब्धि नै सत प्रतिशत वास्तविक उपलब्धि मान्नु पर्द्छ। भाषा शिक्षकले सुनाई, बोलाई, लेखाई र पढाई जस्ता मुख्य विधामा न्युनतम दक्षता हासिल गर्नु गराउनु भाषा शिक्षणको सफलता मान्न सकिन्छ। आत्मविश्वासका साथ गरिएका तर्क बितर्क, स्वस्फूर्त फुटेका वाक्यांश, सहि र गलत सम्बन्धि सर्वमान्य विश्लेषण,  अकाट्य र अबिचलित सिद्धान्त बोकेका बिचारहरुमा सरल, सहज, प्रखर र प्रभाकारी ढङ्गले आफुलाई प्रस्तुत गर्नु भाषिक दक्षता मापनको कसि मानिन्छ । तर यी गुणहरु लगायत भाषाका चार विधाहरुमा दखल राख्ने बनाउनु अङ्ग्रेजी बिषय शिक्षकका लागि थुप्रै वाधा व्यवधानहरु सङ्ग पैठेजोडी खेल्नु पर्द्छ। यद्यपि आरोह अवरोहहरु झेल्नु नपर्ने क्षेत्र र कार्यहरु कहि कतै पनि नहुन सक्द्छ किन्तु नेपालको सन्दर्भमा अङ्ग्रेजी भाषा शिक्षण र सिकाई दुबै पक्षहरुका लागि दोस्रो वा तेस्रो भाषा हुन जाने भएकोले तुलनात्मक रुपमा बढी समस्याहरु पर्नु स्वभाविक जस्तो लाग्द्छ। अझ साघुरिएर भन्ने हो भने अङ्ग्रेजी शिक्षणका समस्याहरु भाषा सिकाईका चार विधालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने तत्वहरु पाइला पाइलामा सामना गर्नु पर्द्छ। ती मध्य समस्या झेल्नु पर्ने केही पक्षहरुलाई छोटकरीमा उजागर गर्ने अनुमती माग्द्छु।

अङ्ग्रेजी शिक्षणका समस्याहरू

१. उच्चारण : जब राष्ट्रियताको सवाल उठछ तब हरेक देशको राष्ट्र भाषा अग्रपंक्तिमा आउद्छ। जो कोहीले पनि भाषाको जुनसुकै शब्दावलीको सहि मानेमा उच्चारण गर्न सकेन भने त्यो भाषा प्रतिको सम्मान पुगेको ठहर्दैन। हामीले सदा सर्वदा आवाज निकालेर वातचित गर्द्छौ भन्ने होइन तर पनि अधिकतम रुपमा स्वर निकालेरै सञ्चार गरिन्छ। यसो गर्दा हामीले प्रयोग गर्ने हरेक शब्दहरुको सहि ढङ्गले उच्चारण गर्न सकियो भने मात्र हामीले प्रयोग गरेको शब्द, वाक्यांश र ध्वनिले वास्तविक सन्देश प्रवाह गर्न पुग्दछ। फलस्वरूप एक अर्काको सन्देशमा अपुर्ण हुदैन अनि अनाहकमा विमति हुने सम्भावना सहजै टर्द्छ। अङ्ग्रेजी भाषा शिक्षक र  विद्यार्थीहरुका निमित्त दोस्रो वा तेस्रो भाषा हुने भएकोले हाम्रो उच्चारणमा स्वदेशी नागरिकको मौलिकता आउन कठिन परेता पनि निकटतामा हुनु जरुरी हुने गर्द्छ। यस सङ्ग सङ्गै लवजमा पर्न जाने भिन्नतालाई पनि केही हदसम्म कम गरि भाषाको मर्मलाई फरक पर्नबाट जोगाउन सकिन्छ। उच्चारणमा विविधता आउदै गर्दा कक्षाकोठामा अथवा भेटघाटमा उठ्ने हासोले भाषा प्रयोगकर्ताहरुमा लज्जावोध हुने र अर्को भाषा सिकाई प्रती वितृष्णा आउन सक्द्छ। अनि शब्दोच्चारणमा आत्मविश्वास कम हुन जान्छ र यसो हुने बित्तिकै अङ्ग्रेजी भाषाको हाउगुजीले फनक्क मस्तिष्कलाई बेरिदिन्छ। अनि सिकारुहरुमा बिस्तारै  चासो र चाख मर्दै जन्छ। अत: समग्र अङ्ग्रेजी भाषा सिकाइमा असर पर्द्छ र सिकाई क्रियाकलाप बिचमा अलपत्र पर्दै जाने क्रम बढ्द्छ। अन्ततोगत्वा अङ्ग्रेजी भाषा शिक्षणमा अपेक्षित परिणाम आउन नसक्नु बहसको चर्को बिषय बनेर अहिले पनि हाम्रा सामु गम्भीर प्रश्न बनेर खडा हुने भएको छ। उच्चारणको समस्यालाई केही हद सम्म कम गर्न अङ्ग्रेजी भाषा सिकाइको सुरुवातमा अङ्ग्रेजी वर्णहरुको सहि ढङ्गले उच्चारण गर्न सिकाउन सकियो भने लगभग हाम्रो समस्या न्यूनीकरण भएको मान्न सकिन्छ। यसको लागि अङ्ग्रेजी वर्णहरुको उच्चारण गर्दा नाक, जिब्रो, दात, लिगलिगे, तालु, ओठ, कण्ठ आदिको उच्चारणमा भुमिका र प्रयोगको सामान्य ज्ञान हुनु अति आवश्यक ठानिन्छ।


२. हिज्जे : भाषाको सन्देशलाई हुबहु प्रवाह गर्न उच्चारणको अहम् भुमिका हुन्छ। त्यही उच्चारणलाई प्रत्येक्ष प्रभाव पार्ने हिज्जे नै हुन्छ। हिज्जेले लेख्य भाषामा अत्यधिक प्रभाव पार्द्छ भने सुनाई, बोलाई र पढाईमा पनि काफी प्रभाव पार्द्छ। कतिपय वर्णहरुको उच्चारण हुदैन तथापि लेखनमा छुटाउदा शब्दको बर्ग र अर्थ नै फेरबदल गरिदिन सक्द्छ। जस्तै Hour मा H उच्चारन हुदैन र यदि लेखनमा H छुटाउदा र लेख्दाको अर्थ र शब्द बर्ग नै फरक पर्द्छ। यसबाट शब्दको अर्थ वा अनर्थ लाग्नुमा पनि हिज्जेको प्रमुख भुमिका भएको थाहा हुन्छ। भाषाविज्ञहरुले हिज्जेका सम्बन्धमा विभिन्न मत प्रकट गरेको पाइन्छ। भाषा सिकाइमा हामीले हिज्जेको ख्याल गर्न नसक्दा हाम्रो भाषा, लवज अनि कुराकानीमा ठुलै असर परेको हुन्छ। उच्चारणलाई पनि हिज्जेले नै निर्धारण गर्द्छ। हिज्जे सम्बन्धि उपयुक्त ज्ञान राख्न उच्चारणको प्रकृति बुझ्न जरुरी हुन्छ। भाषा तर्करहित हुने भएकोले यसमा अधिकसे अधिक अभ्यास गर्नु जत्तिको अरु कुनै उत्तम विकल्प हुन सक्दैन। 

३. शब्दकोष : भण्डारण कोठाबाट खाद्यान्न निकाल्दै भोकलागेको बेला  विविध परिकार तयार गरेर खादा जुन आनन्द मिल्छ मस्तिष्कको शब्द भण्डारबाट शब्द चयन गरेर भाषाको समुद्रमा चुर्लुम्म डुब्नु मजा बेग्लै हुन्छ। बिषय सान्दर्भिक तर थरीथरीका शब्दहरुको प्रयोगले भाषाका हर विधालाई बसन्तमा सजिएका रङ्गिचङ्गी बगान जस्तै मनमोहक, प्रभावकरी र अर्थ पुर्ण बनाउन मद्दत गर्द्छन।शब्दहरुकै उपयुक्त चयनले भाषाको माधुर्यता थप्नुका अलावा विश्व मानव जगतमा सामीप्यता, सहिष्णुता, विश्वास अनि भरोसाको जग बसालिदिन्छ। मनमा कुदने हरेक चाहानाहरुलाई मस्तिष्कको कल्पनाले निराकार सपनालाई आकार दिन शब्दकोष जगमा टेक्नै पर्द्छ। अत: हामीहरु शब्दको कुशल ज्ञानले एक आपसमा पैदा हुने हरेक उल्झन, खटपट र रोस प्रतिरोसलाई सखाप पार्न सक्द्छौ। भाषा विकासमा न्युनतम आवश्यक तत्व मध्येको तत्व शब्दकोष नै हुन आउँछ। यसर्थ शब्दकोषमा दखल नराखी  स्वत: पछि हट्ने मौका खोज्नु भन्दा अधिकतम शब्द भण्डारको बनाउनु बुद्धिमता हुन्छ। शब्दकोषको भण्डारलाई यथेष्ट बनाउन लक्षित भाषामा लिखित, अनुबादित र बोलिएका सामाग्रीहरुको अध्ययन निकै प्रभावाकरी सावित हुन्छ। फलस्वरूप त्यो बिषय प्रतिको मोह बिस्तारै बढदै जाने गर्द्छ र भाषा शिक्षण सिकाई उपलब्धिमा भिन्नता देखिन थाल्द्छ।

४.  व्याकरण : व्याकरण सबै भाषाहरुको मेरुदण्ड मानिन्छ। यसको आधारभुत संरचना विश्वका सबै भाषाहरुको उस्तै उस्तै हुन्छ जहाँ कर्ता, क्रिया र कर्मको संयोजनमा वाक्य निर्माण गरिन्छ। फर्डिनान्ड डि ससुर, नम चम्स्की रोमन याकोब्सन जस्ता भाषाविदहरुले भाषा सम्बन्धि धेरै अध्ययन अनुसन्धान गरेका छन। उनिहरुले भाषाको बिषयमा धरणा बनाउदै गर्दा भाषामा व्याकरणको भुमिकालाई पनि आ-आफ्नै ढङ्गले प्रष्ट्याएका छन। व्याकरणमा सतही र गहिरो संरचना हुन्छ भन्ने अवधारणा पनि विकास भएको पाइन्छ। अनि व्याकरणले भाषालाई ब्यक्त गर्ने प्रक्रियामा अति गहन भुमिका ओगटेको हुन्छ। व्याकरणको चुस्त दुरुस्त प्रयोगले भाषाले प्रवाह गर्ने अर्थमा उलटपुलट गरिदिन्छ। यद्यपि व्याकरणलाई भाषा प्रयोगकर्ताले भाषा प्रयोगको अभ्यास गर्दै जादा आफ्नो बसमा बनाउन सक्द्छ।


५. भाव : साहित्यका कुनै पनि विधाका लेख रचनाहरुमा प्रयोग हुने सबै खाले शब्दकोषहरु र वाक्यांशहरुले बोकेका अर्थ र ती शब्दकोषहरु र वाक्यांशहरुको प्रयोगात्मक शिल्पिले दिने अर्थलाई पाठकहरुको बुझाई परिवेशले निर्दिष्ट भाव निकाल्नु वाञ्छनीय मानिन्छ। तर कहिलेकाही पाठकहरु साहित्यको घनघोर बगैंचामा हराएर लेखकहरुको भावलाई भेट्टाउन चुक्ने समस्या नौलो भने होइन। यदाकदा पाठकहरुले कहिलेकाही पढ्दै जादा लेखकहरुको रचनाहरुमा शैली र परिवेशको भेउ नपाउदा उल्टो सन्देश प्राप्त हुने खतरा पनि देखिन्छ। त्यसकारण लेख रचनाहरु सहजै ढंगले पढ्न अनि बुझ्न शब्दकोष, भाषा शैली, त्यो लेखले बोकेको सामाजिक, आर्थिक, राजनैतिक एवं साहित्यको धार सम्बन्धी सामान्य ज्ञान हुनु जरुरी लाग्द्छ।

 मैले अङ्ग्रेजी शिक्षक भएर आफुले अङ्ग्रेजी भाषालाई निपुणताका साथ अध्यापन गराउन नसके पनि  नेपाली विद्यार्थीहरुले अङ्ग्रेजी  भाषाका लेख रचनाहरु बुझ्नै नसक्ने भने फिटिक्कै होइन। नेपालमै धेरै अब्बल अङ्ग्रेजी शिक्षकहरू हुनुहुन्छ भन्ने विश्वास अङ्ग्रेजी मुलका वक्ताहरु जत्तिकै स्तरमा अङ्ग्रेजी भाषा बोल्न, लेख्न र पढन सक्ने नेपालीहरु विश्वको कुना कुनामा बसेको थाहा पाउँदा भएको हो। नेपाली लेखेकहरुले पनि स्तरीय अङ्ग्रेजी भाषामा लेखेका सामाग्रीहरुको संख्या पनि कहाँ कम  छ र? उनीहरुको त्यो क्षमता हेर्दा के बुझ्न सकिन्छ भने संसारमा बोलिने कुनै पनि भाषा मानिसको मस्तिष्कले पकड्न नसक्ने कदापि होइन रहेछ। अभ्यासले असम्भवलाई सम्भव बनाउदोरहेछ। मेरो बुझाईमा इच्छाशक्ति, निरन्तरता, लगनशीलता, सिकाइको तडप, दृढता अनि आत्म विश्वास भयो भने मानिसको लागि केही कुरा असम्भव छैन जस्तो लाग्द्छ।