ब्राजिलमा पुरुष र महिला फुटबलरको सुविधा बराबर

भदौ १८, २०७७


१८ भदौ काठमाडौं । ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रोजेरियो काबोक्ले यस वर्षको मार्चबाट उक्त निर्णय कार्यान्वयनमा आएको बताएका छन् ।

ब्राजिलले अन्तर्राष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएको हो ।
‘यो वर्षको मार्चबाट पुरुष तथा महिला फुटबलको पुरस्कार र दैनिक भत्ताको मूल्य बराबरी,’ रोजेरियोले भनेका छन् ।

अष्ट्रेलिया, नर्वे तथा न्युजिल्याण्डसहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् ।

ब्राजिलको महिला फुटबलमा यो अर्को यात्राको सुरुआत भएको छ । कोरोना महामारीका कारण ब्राजिली महिला टिमले मार्च यता कुनै खेल खेलेको छैन ।