CPL : सन्दीप आवद्ध जमैकाले आज आठौँ खेल सेन्ट किट्स बिरुद्ध खेल्दै

भदौ १८, २०७७


करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले आफ्नो आठौँ खेलमा बिहिबार सेन्ट किट्स एन्डसंग प्रतिस्पर्धा गर्नेछ। दुवै टिम एक अर्का बिरुद्ध लिगमा दोश्रो पटक भेट भएका हुन्। अन्तिम पटक जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको थियो।

अंकतालिकामा ८ खेल खेल्दा १ जित र ७ हार पछि २ अंकमात्र रहेको सेन्ट किट् पुछारमा रहेको छ। जमैका ३ खेल बाँकी रहंदा ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक सहित चौथो स्थानमा रहेको छ। लिग अन्तर्गत ट्रिनबागो, गायना र सेन्ट लुसियाले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। अब जमैका, बार्बेडोस मध्ये १ टिम सेमीफाइनल पुग्ने चौथो टोलि हुनेछ। सेन्ट किट्सलाई पराजित गरे जमैकाको सेमीफाइनल यात्रा सहज हुनेछ। खेल नेपाली समय अनुसार आज राति पौने ८ बजेबाट सुरु हुनेछ।