सरकारले अविलम्व नयाँ शैक्षिकसत्र घाेषणा गर्नु पर्छ – गाैतम

भदौ २१, २०७७     सम्पूर्ण कुरा


कोभिड १९ को महामारीका कारण हाल शैक्षिक क्षेत्रहरु सवै भन्दा धेरै प्रभावित भएका छन् । एसईईको परिक्षा नभई आन्तरिक मुल्याङकणका आधारमा रिजल्ज प्रकाशन गरिएको छ । परिक्षा हुन एक दिन अघि मात्र परिक्षा स्थगित गरि चैत्र ११ गते देखि लकडाउन भयो । त्यो संगै कक्षा ११ , १२ र विश्वाविद्यालय अन्र्तगतका विभिन्न परिक्षाहरु स्थगित भएका छन भने पठन पठन पाठन समेत वन्द भएको लामो समय भै सकेको छ ।संग संगै शैक्षिक सत्र ०७८ पनि अव के हुन्छ भन्ने आशंका शुरु भएको छ । शैक्षिक सत्र ०७८ वैशाख देखि शुरु हुनु पर्नेमा झण्डै पाँच महिना वितिसक्दा पनि पढाई सुरु हुन सकेको छैन् । अवको शैक्षिक गति विधिहरु कसरी सञ्चालन हुन्छ, निजि क्षेत्रको लगानिवाट सञ्चालन भएका विद्यालयहरुको भावि योजना के हुन सक्छ ,शैक्षिक सत्र के हुन्छ , अवको रणनिति के हुन सक्छ भन्ने बिषयमा रहेर एन प्याव्सन दाङका अध्यक्ष विमल गौतम संग गरेको कुराकानी ।

१. स्वागत छ तपाईलाई सम्पुर्ण कुराको बिषेश सम्वादमा ?
धन्यवाद , तपाई अनि तपाईको लोकप्रिय अनलाईन लाई म,मेरो बिद्यालय सम्राट ईगलिश बोडिङ स्कुल र मैले नेत्रृत्व गरेको एन प्याव्सन दाङको तर्फबाट समसामयिक विषयमा शिक्षा जस्तो महत्वपुर्ण बिषयमा आफनो धारणा राख्ने अवसर दिनुभएकोमा ।

२. अहिले के गर्दै हुनुहुन्छ, बिद्यालयहरु लामो समय देखि वन्द छन कस्तो प्रभाव परेको छ विद्यालयहरुमा ?

अहिले बिश्वनै कोरोना भाईरस (कोभिड–१९) को महामारिले ग्रस्त छ । यसैको कारणले गर्दा नेपालमा पनी विगत ०७६ साल चैत्र ११ गते देखि लकडाउन भएको थियो । विचमा केहि दिन श्रावण १ देखि भाद्र २ गते सम्म अलि खुकुलो भए पनी अहिले देशका ३५ वढि जिल्ला र अन्य धेरै स्थानिय तहहरुमा निशेधाज्ञा जारि रहेको अवस्था छ । यसले गर्दा यो वा उ केहि भन्ने अवस्था छैन सवै क्षेत्र प्रभावित भएका छन ।कैयौ मानिसहरुको आम्दानिको श्रोत गुमेको छ । हजारौ मानिसहरु भोक भोकै मर्ने वेला भएको छ । बिगत ६ महिना देखि सवैखाले काम धन्दा पुर्ण तथा आशिंक रुपमा वन्द भएका छन । यसरि हेर्दा धेरै क्षेत्रमा नोक्सानी भएको छ । तर पनी सवै भन्दा धेरै प्रभावित भएको क्षेत्र भनेको निजी बिद्यालयहरु नै हुन भन्ने हामिलाई लागेको छ । निजि बिद्यालयहरुको एकमात्र आम्दानिको श्रोत भनेकै बिद्यार्थिबाट उठने शुल्क मात्र हो । बिद्यालयका सवै खाले खर्च शुल्क बाटै पुर्ति गर्नु पर्ने हुन्छ तर ६ महिना देखि बिद्यालय वन्द हुदा स्वयम संचालकहरु र त्यसमा आश्रित शिक्षक , कर्मचारिहरुको घर खर्च समेत धान्न धौ धौ भै सकेको अवस्था छ । यस्तो अवस्थामा पनि सरकारी स्तरबाट कुनै राहतको प्याकेज नदिनु भनेको हाम्रो लागि दुर्भाग्य हो भन्ने लागेको छ । तर पनी हामि आशा वादि छौ । चाडो भन्दा चाडो बिद्यालयहरु खुल्नेछन भन्नेमा । अहिले पनी अधिकाश निजी बिद्यालयहरुले बिभिन्न माध्यम बाट बालबालिकाहरुलाई सिकाउने र उनीहरुलाई सके सम्म व्यस्त राख्ने प्रयास गरि रहेका छन ।

३. यो शैक्षिक सत्र ०७८ मा पठन पाठन सम्भव छ जस्तो लाग्छ तपाईलाई ?
सम्भव छ र हुन्छ तपाई ढुक्क हुनुहोस । किनकी यो नेपालका लाखौ बिद्यार्थिको भविश्य संग जोडिएको विषय हो । तर फरक यति हो कि यस अघिका वर्ष जस्तै गरि यो शैक्षिक सत्र अगाडि वढदैन । अहिले सम्ममा हामि संग वैशाखलाई भर्ना अभियानको महिनाको रुपमा लियौ भने पनी जेठ, असार र श्रावण र करिव करिव भाद्र महिना गरि झण्डै ४ महिना बित्नै लागेको छ । यो वर्ष महामारिका कारण बिषम वर्ष पनी हो । यस्तो अवस्थामा अन्य देशहरुले गरेका राम्रा अभ्यासहरु के हुन सक्छन । त्यसलाई पनी हामि सवैले अध्यण गर्नु पर्छ । अशोज महिना बाट पनि हामिले बिद्यालयहरु संचालन गर्न सक्यौ भने सहजै रुपमा विदाहरु कटौति गरेर अहिलेकै पाठयक्रम अनुसार अगाडि वढन सक्छौ भन्ने हामिलाई लागेको छ । यदि असोज महिना बाट पनी बिद्यालयहरु संचालन हुने अवस्था भएन भने निश्चित रुपमा पाठ्यक्रममा हेरफेर गरेर बाकि रहेको समय सम्ममा सकिने खालको पाठ्यक्रम वनाएर भए पनी शैक्षिक सत्र खेर जान दिनु हुदैन भन्ने हाम्रो भनाई छ । तर यसका लागि शिक्षा मन्त्रालयले ठोस धारणा वनाउन आवश्यक छ ।

४. शैक्षिक सत्र अगाडी बढयो भने कसरी वढाउनु पर्ला जस्तो लाग्छ ?
वढछ र वढाउनै पर्छ । अन्यथा देशभरका कक्षा नर्सरि शुरु गर्ने साना साना नानिवावुहरु देखि लिएर युनिभरर्सिटिहरुमा अध्यण गर्ने लाखौ बिद्यार्थिहरुको भविश्य अन्यौल हुन्छ । उनीहरुको भविश्यलाई खेर जान नदिन एक वर्षको उमेर संग सगै अवसरहरुलाई खेर जान नदिन पनी कुनै न कुनै रुपमा भए पनि शैक्षिक सत्र अगाडि वढाउनै पर्छ र वढछ भन्ने मलाई लाग्दछ । मैले माथि पनि भने कि शैक्षिक सत्रको समय लाई हेरफेर गरेर हुन्छ वा पाठयक्रमलाई छोट्यायर हुन्छ जसरि भए पनी शैक्षिक सत्र खेर जान दिनुहुदैन भन्ने हाम्रो भनाई हो । यदि त्यस्तो अवस्था आयो भने त्यसले नेपालको शिक्षा प्रणालिलाई नै समाप्त पार्ने छ । त्यसको परिपुर्तिका लागी हामिले फेरि धेरै वर्ष लाग्नु पर्ने हुन सक्छ । त्यसका लागि पनि सरकारले तत्काल अव नयाँ शैक्षिक वर्षको कार्यक्रम घोषणा गर्नु पर्छ भनेर हामिले शिक्षा मन्त्रालयलाई भनेका छौ । कुनै पनी हालतमा मन्त्रालयले अशोज देखि शुरु भई वैशाख १५ सम्ममा सकिने गरि नयाँ शैक्षिक सत्रका कार्यक्रम ल्याउनु पर्दछ । साथ साथै शैक्षिक गतिविधिलाई कसरि अगाडि वढाउने भन्ने बिषयमा समेत धारणा वाहिर ल्याउनु पर्दछ भन्ने हामिलाई लागेको छ । तर यो सवैको बाधक भनेको कोरोना भाईरसले उत्पन्न गराएको महामारि हो ।यसमा सरकारले कोरोना नियण्त्रणमा अलि वढि ध्यान दिनुपर्यो । तपाई हामि सवैलाई थाहा छ । ४ महिना सम्मको लकडाउनमा कोराना नियण्त्रणमा सरकारले अपेक्षाकृत रुपमा कुनै काम गर्न सकेन जसको परिणाम हामिले अहिले भोगि रहेका छौ । अहिले पनि आशातित रुपमा परिक्षणको दायरा वढाउने आईसोलेशन , क्वारेन्टिनहरु वनाउने लगाएत स्वास्थ्य संग सम्वन्धीत अन्य तयारीहरु गर्नु प¥यो अनि मात्र हामिले चाडो भन्दा चाडो यसलाई नियण्त्रण गर्न सक्छौ । यदि यसो हुन सक्यो भने चाडो भन्दा चाडो बिद्यालयहरु खुल्ने छन ।यदि विद्यालयहरु खुले भने कोर्ष पुरा गर्नकालागी हामिले माथिनै धेरै बिकल्पहरुका बारेमा छलफल गरिसकेका छौ ।

५. निजी बिद्यालयहरुले आगामि दिनमा वनाउने रणनिति के हुन सक्छ ?
अवको रणनिति बनाउने भनेको सरकारले हो । अविलम्व सरकारले शैक्षिक सत्र कहिले देखि कहिले सम्म गर्ने भनेर तोक्ने हो । अव पुरानो शैक्षिक सत्र वैशाख देखि चैत्र सम्मले काम गर्दैन । र यदि सरकारले नयाँ शैक्षिक सत्र तोक्यो भने हामिले सोहि अनुसारको रणनिति वनाउने हो । अहिलेको यस्तो महामारीको अवस्थामा अव शिक्षा क्षेत्रलाई कसरी अगाडि वढाउने भन्ने कुराका बारेमा नेपाल सरकार शिक्षा मन्त्रालय अलि वढि चिन्तीत हुनु पर्ने हो । तर हामिले त्यस्तो अवस्था देखेनौ किन भने सरकारले भाद्र १ गते देखि बिद्यार्थि भर्ना खुल्ला गर्ने भन्ने निर्णय पछिल्नो अवस्थामा आयर सक्रमण वढेको भनेर अनिश्चीत समय सम्म भनेर स्थगित गरेको छ । बाल बालिकाहरुलाई कसरि शिक्षण सिकाई क्रियाकलापमा लगाउने भन्ने कुनै बिकल्प नदिएर अनिश्चीत समय सम्म वन्द गरिनु आफैमा लज्जास्पद हो जस्तो मलाई लाग्दछ । अहिले टिभि, रेडियो लगाएतबाट गराउदै आएको पठन पाठन समेत सरकारले कुनै बिकल्प नदिएर वन्द गरेको छ । त्यसैले सरकारले अविलम्व शिक्षण सिकाईका लागि कस्तो बिधि अवलम्वन गर्ने , धेरै भन्दा धेरै बालबालिकाहरुलाई कसरि शिक्षण सिकाईका क्रियाकलापमा जोडन सकिन्छ भन्ने बिषयमा छलफल गरेर निकास निकाल्नु पर्छ भन्ने हाम्रो भनाई हो । शिक्षा मन्त्रालय संग करिव करिव १०–११ अरव वजेट छ , कोभिडका कारण बजेट खर्च हुन सक्ने अवस्था छैन तर पनि विद्यार्थिहरुलाई नेटको पहुचमा ल्याउने , बिद्यालयहरुमा डिजिटल ईक्युपमेन्टहरु उपलव्ध गराउने कुरा गर्न सकिन्थ्यो , जसले गर्दा ग्रामिण क्षेत्रका बालवालिकाहरु समेत नेटको पहुचमा आउन सक्ने थिए र अनलाईन माध्यम बाट पठन पाठन गर्न सहज हुने थियो ।

६. लामो समय देखि बिद्यालयहरु वन्द छन , बिद्यार्थिहरुलाई कसरी सिकाई क्रियाकलापमा जोडनु भएको छ ?
बिश्वमा फैलिएको यो कोरोना भाईरसले हामिलाई धेरै कुरा सिकाएको छ । यसअघि हामिले नगरेका धेरै अभ्यासहरु यो वेलामा गरेका छौ । हामि बिद्यालय संचालकहरु समेत त्यसमा अभ्यस्त नभएको अवस्थामा अहिले स्वयम हामि र हाम्रा बालबालिकाहरु जुम , गुगल मिट लगाएतका विभिन्न एपहरुसहजै रुपमा चलाउन सक्ने अथवा ति एपहरुको माध्यम बाट पढन र पढाउन सक्ने भएका छौ । निजी बिद्यालयहरुकै सक्रियतामा देशैभर अनलाईन कक्षाहरु हामिले शुरु गरेका छौ । राज्यले पटक पटक कहिले वन्द गर्न त कहिले चलाउन भन्छ । काम गर तर शुल्क नउठाउन भन्छ तर पनि हामि विचलित भएका छैनौ वरु जिम्मेवार भएर अगाडि वढेका छौ अनलाईन कक्षा लाई निरन्तरता दिएका छौ । हाम्रै सक्रियतामा यसअघि महंगो पैसा तिर्न बाध्य भएका बालबालिकाहरुलाई मासिक ३ सय रुपैयामा पढन सक्ने गरि एनसेल कम्पनी संग सहकार्य गरेर कम्पनिले सहुलियत प्याकेज सहितको सिम बजारमा ल्याएको छ । त्यसका अलावा हामिले सरकारको निर्देशन अनुरुप घरदैलो गरेर गृहकार्य दिने , स्कुलमा वोलाएर गृह कार्य दिने , टोल टोलमा सिकाई केन्द्रहरु वनाएर पढाउने लगाएतका अभ्यासहरु गरेर भए पनी शिक्षण सिकाईका क्रियाकलापहरु ग¥यौ । तर पछिल्लो समय आयर हाम्रो देशमा पुनह सक्रमणको दर वढे संगै अहिले अनलाईन कक्षा बाहेकका अन्य गगिविधिहरुमा कमि आएको छ । हामिलाई आशा छ अव चाडै नै सक्रमण घटेर जाने छ र हामिले भौतिक रुपममै उपस्थीत भएर पठन पाठन गराउने छौ भन्ने लागेको छ ।

७.शिक्षक / शिक्षिकाहरुलाई तलवको व्यवस्थापन कसरी गर्नुभएको छ ?
निजी बिद्यालयहरुको प्रमुख आम्दानिको श्रोत भनेकै बिद्यार्थिहरु बाट उठने शुल्क नै हो । शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षा तोकिएको समय सिमा भन्दा अगावै गर्ने बाध्यता हामि माझ आई परयो , त्यसैले हामिले फागुन अन्तीम साता बाटै वार्षिक परिक्षा गर्नु पर्ने भयो । त्यसैले हामिले अभिभावकहरुबाट उठाउने गत वर्षको शुल्क समेत उठाउन पाएनौ अहिले पनि लाखौ रुपैया बाकि रहेको अवस्था छ । तर पनी हामिले आफनो दायित्व निर्वाह गर्नु पर्छ भन्ने हेतुले भएकाले आफै र नभएकाले रिन लिएर भए पनी सवै बिद्यालयहरुले चैत्र महिना सम्मको पारिश्रमिक आफना शिक्षक ,कर्मचारिहरुलाई वुझाई सक्नु भएको छ । त्यसपछि महिनाको पारीश्रमिक भनेको सरकारले दिनु पर्छ भन्ने हाम्रो माग हो । किनभने हामिले सरकारलाई वार्षिक रुपमा अरवौ रुपैया कर तिरेका छौ । के सरकारको यो दायित्व होईन र । आफना नागरिकहरुलाई समस्या पर्दा केहि सहुलियत वा राहत दिनुपर्दैन र । अर्को बिकल्पको रुपमा हामिले सरकार संग सहुलियत दरमा हामिलाई रिण उपलव्ध गराईयोस भनेका पनी छौ तर सरकार हाम्रो कुरा सुन्दैन । तर पनी केहि निजी बिद्यालयहरुले आफना शिक्षक कर्मचारिहरुलाई केहि न केहि रुपमा् सामान्य खर्चको व्यवस्थापन भने गरिरहनु भएको छ ।

८. यो शैक्षिक सत्रमा पठनपाठन हुने अवस्था भएन भने के गर्नुहुन्छ ?
सम्भवत यस्तो परिस्थीतिको श्रृजना हुने छैन र नहोस भन्ने नै हो । तर पनी अझै लामो समय यस्तै अवस्था रहि रहयो भने यस बिषयमा हाम्रो अभिभावकिय निकाय शिक्षा मन्त्रालय , एन प्याव्सन , प्याव्सन र समग्र शिक्षा संग सरोकार राख्ने व्यक्तिहरुले छलफल गरेर लाखौ बिद्यार्थीहरुको भविश्य नविग्रने गरि सोच्ने छन भन्ने लाग्छ । यदि कोरोनाकै कारण यस्तो परिस्थीतिको श्रृजना भयो भने २ वटा बिकल्प हुन सक्छन भन्ने हामिलाई लागेको छ । एउटा भनेको शैक्षिक सत्र नै स्थगित गरेर सवै लाई रोक्ने । अर्को भनेको सवै लाई अपगे्रड गर्ने । यो वाहेक अर्को बिकल्प छैन जस्तो मलाई लाग्दछ ।

९. अन्तमा हामिले सोध्न छुटाएका बिषयमा केहि भन्नु छ ?
हामि सवै कोरोना भाईरसले निम्त्याएको बिकराल समस्या संग जुधिरहेका छौ । यस्तो बिषम परिस्थीतिले मुलुकका सवै क्षेत्र अस्त व्यस्त भएका छन । तर पनी हामी सवै आशावादि हुनु पर्छ । चाडै हामिले कोरोना भाईरसलाई नियण्त्रण गर्न सक्ने छौ र पहिला जस्तै नियमित जनजिवनमा फर्कने छौ । यो बिषम परिस्थीतिमा अनावश्यक रुपमा भिडभाड नगरौ , स्वास्थ्य सुरक्षाका सुम्पुर्ण नियमहरुको पालना गरौ । खास गरि वृद्ध ,वृद्धा आमावुवाहरु , दिर्घ रोगिहरु , साना साना नानि वावुहरुलाई अलि वढि सुरक्षित राख्नका लागि हामी सवै लागौ ।

अन्त्यमा बिद्यार्थिहरुको पहिलो पाठशाला भनेकै घर हो , पहिलो गुरु वा आमा भनेकै आमा वुवा हो त्यसैले यस्तो परिस्थीतिमा घरमा नानीवावुहरुको अलि वढि निगरानी गर्न , स्व अध्यण गर्ने वा कुनै न कुनै कुरामा व्यस्त राख्नका लागी अहम भुमिका निर्वाहगर्न आम अभिभावक ज्यूहरुलाई आग्रह ,अनुरोध गर्दछु । यदि यस्तो गर्न सक्यौ भने हामि सुरक्षित हुने छौ र वालबालिकाहरुले पढेको कुराहरु बिर्सने पनी छैनन । साथ साथै फेरी पनी सम्पुर्ण कुरा परिवारलाई धेरे धेरै धन्यबाद दिन चाहान्छु । धन्यबाद

यस अन्तर्वार्तामा प्रस्तुत गरिएका विमल गौतम एन प्याव्सन दाङका अध्यक्ष हुनुुहुन्छ ।

गौतमको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/search/top?q=bimal%20gautam