निशान र अस्मिताले ल्याए ‘तिमीसँग मन साटे’
मङि्सर २५, २०७७

मंसिर २५, नेपाल आइडलबाट हिट बनेका अस्मिता अधिकारी र निशान भट्टराईले नयाँ गीत ‘तिमीसँग मन साटे’ ल्याएका छन्।
रवि मल्लको शब्द र संगीत रहेको गीत दीक्षित पौडेलले एरेन्ज गरेका हुन। यसको म्युजिक भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ।
पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो स्वर्णिम थापाले नै निर्देशन गरेका हुन्। यसमा स्वर्णिमकै कोरियोग्राफी रहेको छ।