संसद्को विशेष अधिवेशन माग गर्दै नेकपाका सांसद शीतल निवासमा
पुष ०१, २०७७
पुस १, संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद राष्ट्रपतिनिवास शीतलनिवास पुगेका छन्। अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै सांसद पम्फा भुसाल र भीम रावल शितलनिवास पुगेका हुन्।
नेपालको संविधानअनुसार, एकचौथाइ सांसदले विशेष अधिवेशनको माग गरेको खण्डमा राष्ट्रपतिले अधिवेशन बोलाउनुपर्ने नियम रहेको छ। सोही बमोजिक २५ प्रतिशत सांसदको हस्ताक्षरसहित उनीहरु शीतलनिवास पुगेका हुन्।
मंगलबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि यसको चर्को विरोध हुँदै आएको छ।






