खुला भलिबल प्रतियोगिता हुने

पुष १३, २०७७     लक्ष्मण बस्नेत


पुस १३ तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । स्वतन्त्र युवा क्लब तुलसिपुर ६ राजापुरको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि पुस २३ गतेदेखि सुरु हुुनेछ ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा प्रदेश न ५ लगाएत अन्य प्रदेश का शसक्त भलिबल टिमको सहभागिता रहने क्लब का अध्यक्ष संदिप गौतमले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ! प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने प्रतियोगिता संचालन समितिका संयोजक एच आर मगर ले जानकारी दिनु भएको छ !

यसैविच आयोजक ले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ! उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएत का पक्षमा तिब्रता दिएको संयोजक मगर ले बताउनु भयो !