केकीको ‘बोक्सीको घर’ फ्लोरमा

फागुन ०६, २०७७


काठमाडौं । निर्देशक विशाल भण्डारी आउँदो वर्ष फिचर फिल्म ‘कहानी तिम्रो मेरो’ लिएर आउँदै छन् । ‘कहानी तिम्रो मेरो’ कमेडी च्याम्पियन सिजन–२ सकिएपछि सुरु हुनेछ । ‘कहानी तिम्रो मेरो’लाई विशालले निर्देशन गर्नेछन् ।

विशालकै निर्माण रहने चलचित्र ‘बोक्सीको घर’ पनि आउँदो वर्ष रिलिज हुनेछ । यसमा केकी अधिकारीको पनि लगानी रहने छ । यो चलचित्रको थिम पोस्टरमा केकी अधिकारी छिन् । ‘कहानी तिम्रो मेरो’को फस्ट लुकमा केकी अधिकारी र निराजन प्रधान छन् ।

फ्लोरमा गइसकेको ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीको निर्देशन रहने छ । यी दुवै चलचित्र वि.सं. २०७८ सालमा रिलिज हुनेछन् ।