पल र मलिकाको ‘टाढा भएपनि’ ले युटुबमा राख्यो नयाँ रेकर्ड

फागुन १७, २०७७


युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ । यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो । सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ चित्रित भएको छ ।

यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडी लाई दर्शकले रुचाएका छन् । नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।