सलिनमान बनियाँको आज जन्मदिन, प्रेमिकासँग विवाह गर्ने तयारीमा

बैशाख २२, २०७८


काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सलिनमान बनियाँ । चलचित्र ‘ए मेरो हजुर २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका सलिनमानले पहिलो चलचित्रमै दर्शकको माया पाए । 

छोटो समयमा नै चलचित्रमा जमेका सलिनमान आजबाट २६औं बसन्तमा प्रवेश गरेका छन् । उनी २०५२ साल बैशाख २२ गते काठमाडौंमा जन्मिएका हुन् । जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमार्फत धेरैले शुभकामना दिइरहेका छन् । 

पछिल्लो समय सलिनमानको एक नयाँ रोचक कुरा चर्चामा छ । उनी लामो समयदेखि प्रेममा छन् । उनी प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा रहेको चर्चा भइरहने गर्छ । केही समयअघि पनि उनले प्रेमिकासँगको तस्बिर फ्यानसँग शेयर गरेका थिए । 

यस्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिने क्रममा उनले आफु विवाहका तयारीमा रहेको पनि बताएका छन् । उनले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने बताएका छन् ।