दुध तथा दुग्ध पदार्थको नियमित सेवन,कोरोना भाइस विरुद्ध दीर्घ जीवन

जेठ २०, २०७८     नारायण वली


ऐतिहासिक पृष्ठभुमिः
किसानहरुका लागि विश्व दुध दिवस महत्वपूर्ण दिवस हो । जुन दिवस विश्वभरि जुन १ का दिन मनाउने गरिन्छ । हाल नेपालमा पशु सेवासंग सम्बद्ध संघ, संस्था र कार्यालयहरुले आफ्नै तरिकाले विश्व दूध दिवस मनाउने र दूध तथा दूग्धजन्य पदार्थको प्रचार प्रसार गर्ने गरेको पाईन्छ । यो दिवस विश्व भरि नै मनाउने गरिन्छ । विश्व दूध दिवस विश्व खाद्य संगठनले सन् २००१ मा मनाउने निर्णय गरिने नेपालमा सन् २०११ बाट मनाउन थालिएको हो । यो दिवस वर्षैपिच्छे लोकप्रिय बन्दै गएको देखिन्छ । दुूध तथा दूग्धजन्य उद्योगको प्रचार प्रसार गर्ने,सबैको ध्यान दूधमा केन्द्रित गर्न, दूध तथा दूग्धजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गर्ने फाइदा,दूग्धजन्य व्यवसायले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धि जानकारी दिन र जनचेतनाको विकास गर्न दिवस मनाइन्छ। विश्व दुग्ध दिवस २०७८ दुग्धजन्य पदार्थ सेवन गरौँ,दीर्घ जीवन बाचौँ भन्ने नाराका साथ कोभिड १९ को विश्व महामारी दोस्रो लहरका कारण २१ अौ विश्व दूध विभिन्न अन्लाईन तथा भर्चुअल माध्यमबाट विविध कार्यक्रमका संचालन गरि सम्पन्न भएको छ ।

नेपालमा दूध विकासको विकासक्रम:
नेपाल सरकार कृषि विभाग अन्तर्गत रहेको तत्कालिन दुग्ध विकास वोर्डले  वि.सं २००९ मा टुसाल, काभ्रेपलान्चोक र खरिपाटी, भक्तपुरमा १/१ गोटा दुग्ध संकलन केन्द्र साथै लाङ्गटाङ्ग, रसुवामा एक याक चीज केन्द्र स्थापना संगसंगै दुग्ध विकासको थालनी भएको हो । वि.स. २०१०/११ मा काठमाडौंको भोटाहीटीमा दुग्धशाला स्थापना गरि दुग्ध प्रशोधन कार्यको सुरुवात भएको थियो। वि.सं २०१३ मा थोदुङ्ग, रामेछापमा थप एक याक चीज केन्द्रको स्थापना,भोटाहीटी दुग्धशालाको दुग्ध प्रशोधन क्षमता वधेरै न्यून भएकोले २०१३ फागुण २९ गते ५०० लि. प्रति घण्टा दूध प्रशोधन क्षमताको मेशिन जडान गरिबृद्धि, लैनचौर (हाल दुग्ध विकास संस्थान, केन्द्रिय कार्यालय) मा केन्द्रिय दुग्धशाला स्थापना थियोे । वि.सं २०१७ मा पून: पिके, सोलुखुम्वुमा थप १ याक चीज केन्द्रको स्थापना भएका थिए । वि.सं २०२६ मा दुग्ध विकास वोर्डबाट २ वटा दुग्ध संकलन केन्द्र र ३ याक चीज केन्द्र साथै लैनचौरको दुग्धशाला दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । लगत्तै वि.सं २०२७ मा गोसाईकुण्ड, रसुवा, वि.सं २०२८ मा चोर्दुङ्ग, दोलखा र वि.सं २०२९ मा क्यामा, रामेछापमा गरी थप ३ याक चीज केन्द्र स्थापना भएको पाईन्छ । संगठीत रुपमा दुग्ध व्यवसायलाई बढी प्रभावकारी बनाई ग्रामिण क्षेत्रका कृषकहरुद्धारा उत्पादित दूधको सुरक्षित बजार र शहरी क्षेत्रका उपभोक्ताहरुलाई उच्च गुणस्तरयुक्त प्रशोधित दूध तथा दूग्धजन्य पदार्थहरु आपूर्ति गर्ने उद्देश्यले तत्कालिन दुग्ध विकास वोर्डलाई संस्थान ऐन २०२१ अन्तर्गत २०२६ श्रावण १ गते दुग्ध विकास संस्थानमा परिणत गरिएको थियो । 

दुध र दूधको पौष्टिक महत्व:
दूध भन्नाले स्वस्थ्य गाई वा भैसीको कचौडाबाट उत्पादन हुने ताजा र स्वच्छ श्राव हो । पशु व्याएको ५ दिन पछिबाट व्याउनुभन्दा २ महिना अगाडीसम्म प्राप्त गर्न सकिन्छ । जून स्वस्थ्य र वयस्क दुहुनो पशुले मात्र उत्पादन गर्ने गर्छन । गाईको दूध ३.५ प्रतिशत चिल्लो पदार्थ र ७.५ प्रतिशत ठोस पदार्थ भएको हो । भैसीको दूध ५ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस पदार्थ हो । नेपालको कुल दूध उत्पादन मध्ये करिव ७० प्रतिशत योगदान भैसीले र ३० प्रतिशत योगदान गाईले गर्ने गर्दछ । नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब १२ प्रतिशत दूधको योगदान छ । कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रबाट करिब एक तिहाई योगदान रहेको पाईन्छ । दूग्ध क्षेत्रको १२ प्रतिशत छ । नेपालमा दुधको उत्पादन वृद्धिदर करिब ५ प्रतिशतले बृद्धि भएको पाईन्छ। हाल नेपालमा दुधको उत्पादन ३०३ लाख मेट्रिक टन छ ।

पौष्टिकको दृष्टिकोणले दूध एक सर्वोत्म,महत्त्वपूर्ण र सन्तुलित आहारा हो । जुन वालक वृद्ध रोगी सबैका लागि महत्वपूर्ण मानिन्छ । दुधको सामाजिक तथा धार्मिक महत्व पनि त्यतिकै देखिन्छ । विगौती दूधमा नवजात शिशुलाई आवश्यक पर्ने पोष्टिक तत्त् गर्नुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ । दूधमा चिल्लो पदार्थ,प्रोटिन, खनिज (क्याल्सियम,आयोडिन, पोटासियम, फस्फोरस,) भिटामिनहरु,ल्याक्टोज र पानी जस्ता पोषक तत्व पाइन्छ, जुन हाम्रो शरीरको लागि अति आवश्यक नभईनहुने हुन्छन् । विभिन्न खोज अनुसन्धानका अनुसार हामीलाई हरेक दिन १ हजार देखि २ हजार एमजी क्याल्सियम आवश्यक पर्छ । जसमा हामीले पिउने एक गिलास दुधबाट २८५एमजी क्याल्सियम प्राप्त गर्ने गर्छौ । नियमित दुध पिउने बानीले हड्डी र दातहरु बलियो हुन्छन । दुधको नियमित सेवनल गर्नाले उमेर बढ्दै जादा हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार धेरै दुध पिउने गर्दा शरीरमा आइरनको कमि हुनसक्ने सम्भावना हुन्छ । दुधमा भएको क्याल्सियमले आइरन सोस्ने प्रक्रियालाई रोकावट गर्ने गर्दछ ।

सफा दुध उत्पादन गर्दा ध्यान दिनु पर्ने कुराहरुः
मानिसहरुका लागि सर्वोत्कृष्ठ र पोषिलो भोजनमा भएको हुदा दूध सफा, स्वच्छ र संक्रमणमुक्त हुन जरुरी छ । दूध संवेदनशील र सबै प्रकारका जीवाणुहरुले मन पराउने हुदा दूध छिटो बिग्रने हुन्छ । दूधलाई जस्तोसुकै हानिकारक सुक्ष्म जीवले पनि आक्रमण गर्न सक्छ र दूधको गुणस्तरमा ह्रास आउछ । यदि सफा र स्वच्छ दुध उत्पादन गर्न सकिएन भने हाम्रो स्वस्थ्यमलाई प्रत्यक्षरुपमा असर गर्ने गदर्छ।जसका लागि दुध उत्पादन गर्ने किसन,दूध राख्ने भाडा,संकलन कर्ता, ढुवानी कर्ता,प्रशोधन कर्ता , प्रशोधन स्थान र भण्डार स्थान सफा हुनुपर्छ। दूध भण्डार गर्न उपयुक्त तापक्रमको व्यवस्था गर्नुपर्ने । दुहुना पशुले खाने दाना र पानी सफा दिनुपर्छ । दूधलाई उत्पादन केन्द्र देखि प्रशोधन केन्द्रसम्म छिटोछरितो तरिकाले ढुवानी गर्नुपर्नेछ । बेलाबेला आन्तरिक तथा वाह्य परजिविको उपचार गर्ने, महामारी र सरुवा रोग विरुद्ध खोप समय लगाउने गर्नुपर्छ । गाई भैसी पालनुको मुख्य उदेश्य दूध उत्पादनगर्नु हो । गाई भैसी पाल्ने किसानहरुले जति सक्दो धेरै दुध उत्पादन कसरी गर्न सकिन्छ त्यसमा तल्लिन रहनु जरुरी हुन्छ । कसरी आफ्नो फार्ममा सफा र स्वच्छ हाईजेनिक दुध उत्पादन गर्न सकिन्छ । ध्यान दिन जरुरी छ । जुन दुध किटाणु र विषाणु रहित मानिसले प्रयोग गर्न मिल्ने हुनु पर्छ ।

यस वर्ष कोभिड १९ महामारी र दोस्रो संक्रामक लहरका कारण मानिसहरुले मृत्यवरण गरिरहेको र देशमा निषेधाज्ञा जारी भएको हुदा चौतिक उपस्थितिमा मनाउन भने सकिएको छैन । महामारीका बाबजुद पनि विभिन्न मिडियाका माध्यमबाट जनचेतनामूलक कार्यक्रम,सन्देश प्रसारण र भर्चुअल अन्तरक्रिया मार्फत ”दूध तथा दुग्ध पदार्थो नियमित सेवन,कोरोना भाइस विरुद्ध दीर्घ जीवन दीर्घ” भन्ने मूल नाराका साथ दूधको महत्वका बारेमा जनचेतना जगाउने र नाकारात्मक सामाजिक मान्यता हटाउन विसं २०७८ जेठ १८ गते( सन् २०२१ जुन १) विभिन्न सरकारी,गैरसरकारी, संध,संस्था र कार्यालयहरुने मनाएका छन ।

स्वस्थ्य पशु पालेर स्वच्छ दूध खादै स्वस्थ्य जीवनशैली अपनाउ ! हास्दै बाचौ,हास्दै बचाउ ! घरमै बसौ ! कोरोना भगाउ !
हामीलाई पशु, पशुलाई हामी चाहिन्छ ।
जय पशुधन !!

लेखक नारायण वली भूमे गाउपालिकाको कार्यालय पशु सेवा शाखामा नायव पशु सेवा प्राविधिक पदमा कार्यरत हुनुहुन्छ।

लेखककाे वारेमा थप जानकारी लिन तलकाे लिङ्कमा क्लिक गर्नुहाेस ।

https://www.facebook.com/narayanoliattlis/