यस्तो बन्यो धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर

साउन १४, २०७८


हास्यकलाकार एवं समाजसेवी कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।

फिल्मले बैवाहिक जीवनमा आउने उचाव–चढावका बारेमा केन्द्रीत छ । धुर्मुस–सुन्तलीको लेखन र निर्देशन समेत रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।

फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’ मा रिलिज हुने बताइएको छ । पछिल्लो समय कलाकारितामा भन्दा पनि समाज सेवामा क्रियासिल धुर्मुस–सुन्तलीले अहिले भरतपुरको चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।