केकी र सुधीर अभिनित कुनै समय सार्वजनिक

भदौ ०१, २०७८


गीतकार पुनम मोथेको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक कुनै समयु बोलको गीतमा रोजिना रिमालले आवाज दिएकी छिन् । गीतको संगीत हरि लम्सालले तयार गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल सुधीर श्रेष्ठको अभिनय छ । भिडियोमा प्रेम र विछोडको कथालाई देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।