विन्दुको ‘तिम्रै हुन पाउँ’ सार्वजनिक

असोज १०, २०७८     सम्पूर्ण कुरा


आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन् । यसै भिडियोबाट विन्दु्ले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् ।राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्याननलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस ।