विश्व कीर्तिमानी संगीतकार श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक (भिडियोसहित)

असोज १३, २०७८


काठमाडौं-  विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वरमा ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा.नवि अधिकारीको शब्द  र देबेन्द्र नेवाले एरेन्ज गरेका गीतमा संगीत पनि गायक सन्तोष श्रेष्ठकै रहेको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडियो  सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोलाई गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।