निसान र रचनाको ‘माया गर्नलाई’ सार्वजनिक

असोज १३, २०७८


असोज १२, निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा देखिएका छन् । सार्वजनिक गीतलाई प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदयराज पौडेलको सुन्न सकिन्छ ।

म्युजिक भिडियो निर्दशक शान थापाले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सरिता प्रजापतिको मेकअप, राजीव समरको कोरियोग्राफी र अनुस्का डिसीको ड्रेस देख्न सकिन्छ । म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईंको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।