रहेनन आवाजका धनी हेम
सम्पूर्ण कुरा
पत्रकार हेम प्रकाश वलीको अकस्मात निधन भएको छ । सल्फास नामक किटनासक औषधी खाएका वलीको उपचारको क्रममा नर्सिङ होम बाँकेमा बेलुकी ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
वलीले बिहान साढे ८ बजे औषधी खाएपछि उहाँलाई आफन्तले तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि वलीलाई थपा उपचारका लागि नसिंङ होममा लगिएको थियो । पत्रकार वलीले रेडियो तुलसीपुर र एसटीएन च्यानल लगाएतका संचार माध्यममा बहसमुलक कार्यक्रम चलाउथे ।
बिहानै लेखेका थिए स्ट्याटस
वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याटस लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्कर्षमा उल्लेख गरेका छन् । ‘तिम्लाई समाजको लाजले घर आउन दिएन, मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको निशानीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।
त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्लेख गरेका छन् । पछिल्लो झगडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालयबाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए ।







