अभिनेत्री रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी दर्ता

मङि्सर १७, २०७८


मंसिर १७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको आज शुक्रबार तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।

आज ११ बजे उनले उम्मेदवारी दर्ता गराएकी अभिनेत्री थापा अध्यक्षका एक उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएकी हुन् । उनले २०७० सालमा तत्कालीन माओवादी पार्टीसँग जोडिएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी हुन् । तर २०७३ मंसिरमा उनी कमल थापा नेतृत्वको तत्कालीन राप्रपामा प्रवेश गरिकी हुन् । पार्टीमा एक महिलासहित तीनजना महामन्त्री रहने व्यवस्था छ ।