कृष्ण र समीक्षाको नँया गीत ‘चोलीको तुना’ सार्वजनिक, गरिमाको अभिनय

पुष ०२, २०७८


गायक कृष्ण काफ्ले गीत हिट वा फ्लप जे भएपनि यही क्षेत्रमा लाग्ने कलाकारले मिहिनेत गर्न छाड्न नहुने तर्क गर्छन् । उनले गायिका समीक्षा अधिकारी सँग मिलेर गाएको ‘चोलीको तुना’ गीतको बिषयमा मिडियाकर्मी सँग कुरा गर्दै आफूले निरन्तर गीत संगीतको साधना गर्ने बताए । गायक काफ्ले र राजन कार्कीको शब्द तथा संगीत रहेको गीतमा श्याम श्वेत रसाइलीकोे संगीत संयोजन छ ।

सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र रोशन केसीको अभिनय छ । मोडल गरिमा शर्मा यो भिडियोका लागि निक्कै नै मिहिनेत गरेको भन्दै दर्शकले मन पराउनेमा आशावादी छिन् । निशान घिमिरेको निर्देशनमा तयार भएकोे भिडियोमा हरि बहादुर घलेको छायांकन, शिशिर खातीको कोरियोग्राफी, निशानकै सम्पादन छ ।