उर्लाबारी साङ्गीतिक साँझमा शिव परियारदेखि मुकेशसम्मले प्रस्तुति दिने

पुष ०८, २०७८


मोरङ,
पुस ७ ।

मोरङको उर्लाबारीको होटल ग्रान्डमा विशेष साङ्गीतिक साँझ हुने भएको छ । यही पुस १० गते होटल ग्रान्डमा साँझ ५ बजेदेखि विशेष साङ्गीतिक साँझ हुनेभएको हो ।

नाइट कन्सर्टमा गायक शिव परियारसहित पूर्वञ्चलका ख्यातिप्राप्त कलाकारहरू गायक नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्री, सन्दिप मोते, अर्जुन खरेल, मुकेश कट्वालको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । साथमा अल राउन्ड डान्स स्टुडियो र न्यू डान्स लेडिज फिटनेट हाउसका कलाकारहरूको आकर्षक नृत्य पनि प्रस्तुत गरिने बताइएको छ ।

गायक तथा सङ्गीतकार तारावीर पाण्डले सञ्चालन गर्ने उक्त कार्यक्रममा राजेन्द्र गिरीले जादु पस्कने भएका छन् । सो कार्यक्रमलाई १२ सिंगे वियरले प्रायोजन गरेको छ भने कार्यक्रममा तीन हजारको हाराहारीमा दर्शक जम्मा हुने अनुमान आयोजकले राखेको छ । कार्यक्रममा टिकट काटेर आउने दर्शकलाई होटल ग्राण्डको उत्कृष्ट एक प्लेट किचन डिस निःशुल्क प्रदान गरिने होटल सञ्चालक समितिका नवीनकुमार भट्टराई, केशब भट्टराई, बिबेक दाहालले जानकारी दिएका छन् ।