७ अर्ब २६ करोडको आईपीओ आउँदै

फागुन २५, २०७८


काठमाडौँ २५ फागुन ।

प्राथमिक निष्कासन ९आईपीओ० मा लगानी गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्न थालिहाल्नुस् । तपाईंका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले आईपीओमा लगानी गर्न पाइने यो राम्रो अवसर हुन सक्छ । सेयर निष्कासन अनुमतिका लागि करिब २६ कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा आवेदन दिइसकेका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

बोर्डमा मंगलबारसम्म आवेदन दिएका विभिन्न क्षेत्रका २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९ सय रुपैयाँ बराबरको ९६ करोड ५९ लाख ४९ हजार २ सय ८९ कित्ता० आईपीओ निष्कासन गर्न लागेका हुन् । यसअनुसार २० वटा जलविद्युत् कम्पनी, ३ वटा लघुवित्त, दुई वटा बिमा र एउटा ‘अन्य’ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका जलविद्युत् कम्पनीमध्ये धेरैजसोले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।

बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेपछि करिब ६ महिनासम्म नयाँ कम्पनीले आईपीओ अनुमति पाएका थिएनन् । कम्पनीहरूको दबाबका कारण तीन साताअघि बोर्ड सञ्चालक समितिको निर्णयअनुसार ५ वटा समूहलाई आईपीओ अनुमति दिएको थियो । उक्त अनुमति विवादमा परेपछि त्यसयता बोर्डले थप अनुमति दिएको छैन । त्यति बेला बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबार आईपीओ निष्कासन अनुमति पाएका थिए ।

बोर्डले भने प्रक्रिया पुगेका कम्पनीहरूको आईपीओ नरोकिने दाबी गरेको छ । प्रक्रियामा रहेका कम्पनीलाई धमाधम निष्कासन स्वीकृति दिने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । ‘कतिपय कम्पनीले प्रक्रिया नै पुर्‍याउन नसक्दा स्वीकृति दिन नसकिएको हो,’ उनले भने, ‘आवश्यक डकुमेन्ट पूरा गर्नेलाई हामी अब तुरुन्त स्वीकृति दिन्छौं । फाइलहरू हेर्ने कामले अब गति लिन्छ ।’

सेयर बजारमा ४७ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । चालु आर्थिक वर्षमा यस्तो संख्या बढेर ६५ भन्दा बढी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु आर्थिक वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी संख्या उल्लेख्य रूपमा बढ्ने देखिन्छ ।

नेपालमा निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये धेरै जलविद्युत् कम्पनी देखिएका छन् । नेपाली पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बिस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै जानु र जलविद्युत्लगायत अन्य उपसमूहको हिस्सा बढ्दै जानुले यो पुष्टि हुन्छ । विगतका वर्षमा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हिस्सा ८० देखि ९० प्रतिशतसम्म थियो ।

यद्यपि पछिल्ला वर्षमा यस्तो हिस्सा घट्दो क्रममा छ, जसअनुसार गत पुससम्म सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्रमा बजार पुँजीकरण हिस्सा ६७।१ प्रतिशत छ । २०७७ पुससम्म यस्तो हिस्सा करिब ७२ प्रतिशत थियो । गत पुससम्म जलविद्युत् कम्पनीहरू आबद्ध रहेको जलविद्युत् उपसमूहको हिस्सा १०।६ प्रतिशत छ । अघिल्लो वर्षको पुससम्म यस्तो हिस्सा ६।४ प्रतिशत थियो ।

जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्छ । स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितबाहेक थप कम्तीमा १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । सेयर बजारमा अपेक्षित रूपमा उत्पादनमूलक ९वास्तविक० क्षेत्रका कम्पनी भित्र्याउन नसकेको आरोप सरकार र नियामक निकायलाई लाग्ने गरेको छ । जलविद्युत् कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घट्ने जानकारहरूको भनाइ छ ।