चियाबारीमा मायाको कुरा गर्दै निराजन र मिरुना

बैशाख ०८, २०७९


मोडल निराजन प्रधान र अभिनेताी मिरुना मगर पहिलो पटक जोडीको रुपमा सहकार्य गरेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा निराजन र मिरुनाले चियाबारीमा रोमान्स गरेका छन् । भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ ।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा सुमन योञ्जनका शब्द छन् । युगल गीतका गायनमा राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् ।
निराजन म्युजिक भिडियोबाट सिनेमातिर पाइला हाल्ने मनसायमा छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन् ।

कमल राईको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।