आकाश र कविताको ‘छिटको सारी’ मा रोमान्स

बैशाख १३, २०७९


अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री कविता बिस्टको रोमान्स रहेको गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ । लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको डान्सिङ शैलीको गीतमा प्रेम पाण्डे ९अनुपम०को शब्द, संगीत रहेको छ । गीतमा साहस शाक्यको संगीत संयोजन छ ।

भिडियोका निर्देशक श्याम लामाले गरेका हुन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ । जेबिआर स्टुडियोको प्रस्तुति रहेको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।