चेतनको शव्दरसंगीतमा ‘सानुमाया’ लिएर आए गायक कुलराज डिसी

बैशाख १६, २०७९     तुफानबाबु श्रेष्ठ


वैशाख १६, तुलसीपुर।
सानुमाया हुन्छ भेट चिन्ता नगर ।
दुई दिनको साथ होईन माया नमार ।

गीत, संगीतका पराखीहरुको लागि अर्को एउटा नविन गीत “सानुमाया” सार्वजनिक भएको छ ।
युवा पुस्ताका प्रिय गायक तथा संगीतकार चेतन राईको शव्द तथा संगीतमा गायक कुलराज डिसीको गीत “सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन माया नमार ।” दर्शक(श्रोता माझ आएको छ । गीतलाई सेकाई इन्टर्टेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।
कलकलाउँदो उमेरमा नै हो माया सप्रिने साथै सप्रिएको मायालाई सार्थकतामा बदल्ने अनि बाचा(कसम खानु र त्यसलाई नतोड्नु मूल कुरा हो । कुनै एक जहाँसुकै होस् सच्चा दिलको कुराहरु गर्नेले जहिले पनि जीतको नतिजा निकालेरै छोड्छन् । आशा र भरोसा जीवनका अभिन्न पाटा हुन । यहि आशा र भरोसाको केन्द्रविन्दु बनेको गीत हो “सानुमाया” ।
लोक लयलाई आधार बनाईएको यो गीत नेपाली लोक तथा सुगम संगीतको लागि एक बलियो इंटा हो । गायक कुलराज डि।सी।को स्वरको आफ्नोपन र मिठासले शव्द तथा संगीतकार चेतनको चेतनालाई न्याय गरेको छ ।
गीतको भिडियो निर्देशन पनि चेतन राईले नै गरेका हुन् । भिडियोमा कलाकारहरु कुलराज डिसी, प्रनिमा दाहाल र प्रेमीका शर्मालाई देख्न सकिन्छ ।
गीतको उत्पादक सूर्य रुम्वा हुन् । मिक्सिङ तथा मास्टरिङमा सुवाश राई रहेका छन् । क्यामरा तथा सम्पादन फराज अर्पनको रहेको छ भने श्रृंगार दीया रिजालको रहेको छ ।