पुष्प र सुधिरको मन उषा र प्रियनाले बिगारेपछि..

बैशाख २३, २०७९


गीतकार डीआर उपाध्यायको शब्द रहेको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो रिलिज भएको छ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको डान्स हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका २ पुरुषले स्त्री जातैले मन बिगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।