‘माइकल अधिकारी’ भदौमा रिलिज हुने

बैशाख २५, २०७९


फिल्म ‘माइकल अधिकारी’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । वितरक करण श्रेष्ठले ‘माइकल अधिकारी’ को रिलिज मिति ३ भदौमा फाइनल भएको जानकारी दिए । फिल्म अब ‘कृष्ण लीला’ सँग भिड्ने छ । ‘कृष्ण लीला’ले केही अगाडिनै ३ भदौ रिलिज मिति सार्वजनिक गरेको थियो । रञ्जित रौनियारको निर्देशन रहेको ‘माइकल अधिकारी’ रयल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ ।

भाडाको कोख सम्बन्धि कथामा निर्माण भएको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । फिल्मलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी फिल्ममा छ ।