‘नाइँ नभन्नु ल ६’ मा आँचलको जोडी आशीर्वाद

बैशाख २५, २०७९


विकासराज आचार्यको निर्देशन रहने फिल्म ‘नाइँ नभन्नु ल ६’ को हिरोको रुपमा आशीर्वाद क्षत्री छानिएका छन् । निर्देशक आचार्यले फिल्मको मुख्य भूमिकाका लागि आशीर्वादलाई रोजेको जानकारी दिए ।
आशीर्वादले फिल्ममा अभिनेत्री आँचल शर्मासँग रोमान्स गर्नेछन् । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । लामो समयदेखि फिल्मको तयारी गरिरहेको उनी कथामा फिट भएर लिन लागेको निर्देशक आचार्यले बताए ।

आँचल ‘नाई नभन्नु ल ४’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी हुन् । आँचल पछिल्लो समय फिल्म क्षेत्रमा व्यस्त अभिनेत्रीमा पर्छिन् । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्म भदौबाट छायांकनमा जाने आचार्यको तयारी रहेको छ । निर्देशक आचार्यले फिल्मका अन्य कलाकार र प्राविधिक पक्ष केही समयपछि एक कार्यक्रमका बीच सार्वजनिक गर्ने जानकारी दिए ।