‘दोख’ को टिजरमा सशस्त्र द्वन्द्वका कथा

असार ०९, २०७९


२४ असारबाट प्रदर्शनमा आउने फिल्म हो ‘दोख’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले नयाँ टिजर सार्वजनिक गरेको छ । टिजरमा फिल्मका मुख्य कलाकार अभिनेत्री दिया मास्के, मनिष निरौला लगायत देखिएका छन् ।

अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया, मनिषको अलवा लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई जोडिएका छन् । शैलेन्द्र डी।कार्कीको छायाङ्कन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।