पछिल्लो एक वर्षमा इन्धनको मूल्य एक सय १७ प्रतिशतले बढ्यो

असार १०, २०७९


काठमाडौँ,१० असार । 

 दैनिक जीवनकालागि अपरिहार्य बनेको इन्धनको मूल्य पछिल्लो एक वर्षमा एक सय १७ प्रतिशतले बढेको छ । इन्धनको मूल्यवृद्धिसँगै आयात पनि बढेको छ ।
दुई वर्षअघि एक खर्ब ९३ अर्बको इन्धन आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा दुई खर्ब १८ अर्बको इन्धन आयात भएको अर्थ क्षेत्रका एकजना जानकार डा.चिरञ्जिी नेपालले बताउनुभयो । दुई वर्षको अवधिमा नेपालमा इन्धनको खपत पनि २१ प्रतिशतले बढेको छ । सरकारले इन्धनको खपत कम गर्नकालागि विभिन्न योजना बनाए पनि त्यो प्रभावकारी हुन देखिएको छैन ।
जसले नेपाली अर्थव्यवस्थालाई धरासायी बनाउने चिन्ता बढाएको छ । सरकारसँग हाल करिव साढे १२ खर्ब बराबरको विदेशी मुद्रा सञ्चित छ । जसले बढीमा चारदेखि पाँच महिनालाई आयात धान्न सक्छ । कुल आयातको लगभग १५ प्रतिशत भाग ओगटेको इन्धन खरिदले नै सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै जाने देखिएको छ । विदेशी मुद्रा घट्नु भनेको वैदेशिक ऋण दिने दाताहरूप्रति विश्वास पनि घट्दै जानु भएकाले नेपालको अर्थतन्त्र निकै कमजोर पार्नसक्ने विज्ञहरूको आँकलन छ ।
सीआईएनबाट साभार गरिएको हो ।