सुन–चाँदीको भाउ बढ्यो
भदौ ०९, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2022/08/gold_price_Agsw4krPez-2.jpg)
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।
बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।