हट एण्ड स्टाइलिस प्रियंका

भदौ १३, २०७९


हट, बोल्ड एण्ड स्टाइलिस ? यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् ।

आयंकाकी ममी प्रियंका लेख्छिन् प्रमाण ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ । मनिष राईले डिजाइन गरेको कालो गाउनमा प्रियंका मादक देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी तुल्याएको छ । प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छिन् ।