यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, युरोभन्दा डलर महँगो

भदौ २२, २०७९


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।