बाल बिबाह अन्त्यमा सबै एकजुट हुनुपर्ने दंगीशरण अध्यक्ष गिरी

भदौ २३, २०७९


प्रमोद आचार्य । भाद्र २३, IM नेपाल को सहयोग दंगीशरण गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्य, तथा सिड सस्थाको आयोजनामा बाल बिबाह तथा लैङ्गकि हिंशा अन्त्यका लागि बाल कलब संजालको क्षेमता बिकाश सम्बन्धि २ दिने तालिम स्वास्थ चौकि हेकुलिको शभाहलमा शम्पन्न भएको छ । वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरिको शभापतित्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता, गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद शाखाका प्रमुख बिनोद अधिकारि र स्वास्थ्य चौकि प्रमुख टेकबहादुर खत्रीको बिशिस्ट आथित्यतामा तालिमको समापन गरिएको हो । कार्यक्रममा प्रमुख अथितिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष गिरीले बिबाह गर्न उपयुुक्त उमेर भन्दा अगाडि गररिने बिबाह लाइ बाल बिबाह मानिने भएको हुदा बाल बिबाह अन्त्यको लागि सबैले आ आफ्नो ठाउँ बाट भुमिका खेल्न आग्र गर्नुभयो । एस्तै अपरिपक्व उमेरमा गरिने बिबाहले आत्म हत्या घटनाको संख्यामा वृद्धि भएको समेत बताउनुभयो । एस्तै गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारिले पछिल्लो समय बिध्यार्थिहरु बढि सामाजिक संजाल प्रति लिप्त हुनु र सामाजिक संजालको बढ्दो दुरुपयोगले पढाइ प्रतिको रुचि घटेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खत्री, वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरि, लागायतले बिध्यार्थिको माध्यमबाट आफ्नो सस्कार, रितिरिवाज , परम्परालाइ सरक्षण र सम्बर्द्धन गर्न बाल बालिकाहरु लाग्नु पर्ने बताउनुभयो । गाउँपालिका भित्रका ७ वडै बाल कलबहरुको उपस्थितमा बालबालिकाहरुलाइ २ दिने तालिम दिइएको थियो । तालिममा बाल बिबाह बाट हुने असर लैङ्गकि हिंसा, अन्त्यका लागि कसरि अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा तालिम दिइएको थियो । तालिमको प्रशिक्षकमा दंगीशरण गाउपालिका महिला बालबालिका शाखाकि महिला बिकास सहायक निरीक्षक चन्द्रा वलि र इलाका प्रहरि कार्यालय हेकुलिका प्रमुख बल सिंह केसि रहनुभएको थियो भने कार्यक्रमको सहजिकरण सिड सस्थाकि सामाजिक परिचालक सिता चौधरीले गर्नुभएको थियो ।