सकियो ‘टोनक बैना (सैमी)’ को छायांकन

असोज ०९, २०७९


उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘टोनक बैना ९सैमी०’ को छायांकन सकिएको छ । निर्देशक सुब्बाले सामाजिक संजाल मार्फत फिल्मको छायाँकन सकिएको जानकारी दिएका हुन् ।

प्रेमकथामा निर्माण भएको फिल्मको काठमाडौंंको जर्सिङपौवामा गरिएको थियो । गौरव पहारी, अर्जन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, प्रितिका शर्मा सुरवीर पण्डितलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म अम्बिका राईले निर्माण गरेकी हुन् । माता सुमित्रा फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।

निर्देशक सुब्बा निर्देशित पछिल्लो फिल्म ‘आकाशे खेती’ केही अगाडि प्रदर्शनका आएको थियो । फिल्मले बक्स अफिसमा व्यवसायिक सफलता भने हात पार्न सकेन ।