कोमल वलीलाई आयोग स्पष्टीकरण, हुकुमलाई सोधिएन

कार्तिक १९, २०७९


दाङ,१९ कात्तिक ।
निर्वाचन आयोगले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । तर, उनी संगै गएका प्रदेशसभा क्षेत्र नं.२ (ख) का उम्मेदवार हुकुम बस्नेतलाई भने स्पस्टी गरेको सोधेको छैन् ।

आफ्नो प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै वलीलाई आयोगले स्पष्टी गरेको सोधेको हो । त्यो दिन वली र बस्नेतसंगै एउटै कार्यक्रममा थिए, र बालबालिका पनि प्रयोग गरेका थिए । तर, ति मध्ये शनिबार वलीलाई स्पष्टिकरण सोधिएको छ, भने बस्नेतलाई सोधिएको छैन ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ भनि आयोगको स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनु नपर्ने हो? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ ।