नेप्सेमा ४३.२० अंकको वृद्धि

कार्तिक २०, २०७९


दाङ, २० कात्तिक ।

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से ४३।२० अंक ९२।२५ प्रतिशत० ले वृद्धि भएर १९६५।३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०।०५ प्रतिशतले गिरावट भएको छ । जाल्पा सामुदायीक लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गर्दा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

जसले गर्दा लघुवित्त उपसूचक ४।५८ प्रतिशतले वृद्धि भएको छ । नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । गत बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आइबार डेढ अर्ब नाघेको छ । आइतबार बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ । जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।