यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कार्तिक २५, २०७९


नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६० पैसा र बिक्री दर १३१ रूपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३१ रूपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ६८ पैसा र बिक्री दर १४९ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।