दाङ क्षेत्र नं.३ को मतगणना सुरु

मङि्सर ०५, २०७९


दाङ, ५ मंसिर ।
दाङ क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । दिउसो १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ । तुलसीपुरमा गठबन्धनबाट काँगेसका दीपक गिरी, एमालेबाट कोमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेदवार छन् ।