प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपा सांसद यादवको भनाई

पुष २२, २०७९


पुष २२, जनता समाजवादी पार्टी जसपा नेपालका सांसद तथा पूर्वमन्त्री प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हाँसिल गर्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । आज बसेको सर्वदलीय बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद यादवले आफ्नो दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए ।

उनले भने- हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा गएर लिखित रुपमा हस्ताक्षर गरिसकेका छौं, मत दिन्छौं । प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितल निवासमा गएकै दिन जसपाले दाहाललाई समर्थन गरेको थियो । उसले सरकारमा सहभागी हुने पनि विश्वास दिलाएको छ ।