कर्णाली प्रदेशसभामा आज सभामुख र उपसभामुख चयनको मिति तोकिने

पुष २५, २०७९


पुष २५, कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार आज दिउँसो १ बजे बस्दैछ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार सभामुख र उपसभामुख चयनको मिति तोक्ने एजेण्डा रहेका छन् ।