चलचित्र पत्रकार संघ नेपाल,चितवन शाखाको नेतृत्वमा गोविन्द अर्याल

पुष २९, २०७९


पुस २९ , भरतपुर । चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको अध्यक्षमा गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् । आज भएको शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि अर्यालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सह-सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् ।

यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निर्वतमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।