शिक्षा मन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण

माघ ०३, २०७९


माघ ३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयमा सचिव र कर्मचारीहरूले स्वागत गरेका थिए । काठमाडौं ६ बाट निर्वाचित सांसद खनालले सुरूमा स्वतन्त्र उम्मेदवारी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए । खनाल टिच फर नेपालुका संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए ।