सञ्चारमन्त्री शर्माले गरिन् पदभार ग्रहण

माघ ०३, २०७९


माघ ३, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै मन्त्री शर्माले सिंहदरबार स्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्नेछिन् । मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । शर्मा यसअघि पनि केन्द्र सरकारको मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।