चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा सन्तोष केसी निर्वाचित

माघ १०, २०७९


चलचित्र लचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनेले सोमवार नयाँ नेतृत्व चयन गरेको छ । सघंको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा पुर्ण केसी, सचिवमा निरला अर्याल, कोषाध्यक्षमा भुपेश वलि, सह-सचिवमा तिर्थराज चौधरी सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा आशिष केसी, एकराज भण्डारी, झग्गु भण्डारी र रमेश सुनार निर्वाचित भएका छन ।

कोरोनाले थलिएको चलचित्र क्षेत्र अझै तङ्ग्रिएनस् सरोकारवाला

कोरोना महामारीका कारण थला परेको चलचित्र क्षेत्रले अझै तङ्ग्रिन नसकेको सरोकारवालाहरुले बताएका छन् । चलचित्र पत्रकार संघ दाङको पाँचौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले कोरोनाका कारण बन्द रहेका सिनेमा हल चल्न नसकेको बताउनुभयो । राष्ट्रको पहिचानका रुपमा रहेको चलचित्र क्षेत्रले कोरोना महामारीपछि दुःख पाएको भन्दै यसको विकासका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने चलचित्र क्षेत्रले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । कोरोना महामारीपछि सिनेमा हलमार्फत् चलचित्र हेर्न नसक्ने अवस्था रहेको भन्दै यसले चलचित्र निर्माता र कलाकारलाई समेत समस्या रहेको बताउनुभयो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्रका नायक रमित ढुंगानाले पछिल्लो समयमा चलचित्र निकै राम्रा निर्माण भए पनि विभिन्न समस्याले सिनेमा हलसम्म दर्शक पुग्न नसकेको बताउनुभयो । कोरोना महामारीले चलचित्र र कलाकारलाई संकटमा पु¥याएको उहाँको भनाइ थियो । कार्यक्रममा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष शान्ति प्रिय, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर डंगोल, नेपाल प्रेस युनियन लुम्बिनीका अध्यक्ष सुदीप गौतमले चलचित्रको विकासका लागि मोफसल केन्द्रित क्रियाकलाप गर्नुपर्ने बताउनुभयो ।

यस्तै सामाजिक अभियन्ता तथा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार संघ दाङका पूर्वअध्यक्ष ध्रुवराज न्यौपाने, प्रेस चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, अधिकारकर्मी सुषमा गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य वीर बहादुर भण्डारीले बोल्नुभएको थियो ।

शाखाका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गर्नुभएको थियो । अधिवेशनका अवसरमा संघका संस्थापक उपाध्यक्ष एवं अक्षयकोषदाता चेतन रेग्मी र सन्तोष केसीलाई सम्मान गरिएको थियो । यस्तै संघले जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाँचजना पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा युगबोधकर्मीहरु लक्ष्मी आचार्य र दशरथ घिमिरे तथा पत्रकार सुलोचना गौतम, सुदीप गौतम र बालाराम खड्का हुनुहुन्छ ।