श्रेष्ठ परिवारद्वारा छिल्लिकोटमा कालिका भगवतीको मुर्ति स्थापना

माघ १२, २०७९


दाङ, माघ १२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लिकोटमा रहेको पर्यटकिय स्थलमा बिहिबार दाङका श्रेष्ठ परिवार द्वारा कालिका भगवतीको मुर्ति स्थापना गरिएको छ । स्वर्गिय पिता भुपेन्द्रस्वर श्रेष्ठ र स्वर्गिय माता बिष्णु कुमारि श्रेष्ठको सम्झनामा छोरा, बुहारिहरु समाजसेवि तथा दाङ उधोग बाणिज्य सङघका सस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ र चम्पादेबि श्रेष्ठ, मिन बहादुर श्रेष्ठ, शारदा कुमारि श्रेष्ठ, डा.भरत राज श्रेष्ठ र डा. रेखा श्रेष्ठ, उत्तम कुमार श्रेष्ठ र उषा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र बिन्दु श्रेष्ठ, अर्जुन श्रेष्ठ र करुणा श्रेष्ठले सामुहिक रुपमा मुर्ति स्थापना गरेका हुन ।

मन्दिरमा रहेको मुर्ति चोरि भएपछि श्रेष्ठ परिवारले दर्शनार्थिको मागलाई मध्यनजर गर्दै छिल्लिकोटमा मुर्ति स्थापना गरिएको हो । यस अघि श्रेष्ठ परिवारले तुलसीपुरको कालिका मन्दिर र कृष्ण मन्दिरमा पनि कालिका भगवतीको मुर्ति स्थापना गरि सकेको परिवारका सदस्य अनु पकुमार श्रेष्ठले जानकारी दिनुभयो ।