प्रथम अध्यक्ष कप फुटबलमा वडा न.६ र भलिबलमा वडा न.५ लाई उपाधी

माघ १७, २०७९


लक्ष्मण बस्नेत, १७ माघ दाङ । दङ्गिशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलमा वडा न. ६ ले र भलिबलमा वडा न. ५ ले उपाधी जितेका छन् । दङ्गिशरण गाउँपालिका दाङको आयोजनामा सहिद दिवशको अवसरमा संचालित प्रतियोगिता अन्तरगत आज सोमबार सम्पन्न फुटबल प्रतियोगिताको फाईनल खेलमा वडा न ५ लाई ट्राईवेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधी संगै उसले नगद २५ हजार कप,मेडल र प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित वडा ५ उपबिजेतामा सिमित रहदै नगद २० हजारमा चित्त बुझाउन बाध्य हुदा तृतिय हुने वडा न. ३ ले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फुटबल तर्फ वडा न. ६ जर्सी न. १ का गोल किप्पर छवि बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी भलिबल फाईनल खेलमा वडा न ६ लाई ३-२ सेट अर्थात २९-२७, २२-२५, १५-२५, २५-१५ र १५ १० को स्कोरले पराजित गर्दै वडा न. ५ ले उपाधी जितेको हो । उपाधी संगै उसले नगद २० हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो । त्यस्तै उपबिजेता वडा न. ६ ले नगद १५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्दा तृतिय हुने वडा न. ३ ले नगद १० हजार कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । भलिबल तर्फ वडा न ५ का जितेन्द्र खड्का उत्कृष्ट खेलाडी घोषित भए । गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धि संगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा तथा लुम्बिनी प्रदेस सभा सदस्य माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौधरीले गाउँपालिकाको खेल पुर्वाधार बिकासका लागि आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । पुर्वाधार बिकास बिना खेल बिकासले गति लिन नसक्ने बताउनु भएका चौधरिले खेल पुर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखेर आफू लागि पर्ने बताउनु भयो । खेल ब्यक्तिको सर्वाङ्गिन बिकासको मुख्य सुचक हो यसले स्वस्थ अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्छ त्यसैले यसको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा दङ्गिशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषण जंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि, दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, वडा न. ५ का वडा अध्यक्ष निरज बस्नेत, वडा न. ३ का अध्यक्ष सुकलाल चौधरी, ईलाका प्रहरी कार्यालयका प्रमुख मनोज चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।